काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।
कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि साउन २ मा कम्बोडिया गएका ओली ओली सोमबार राति स्वदेश फर्किएका हुन्।
अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू कम्बोडिया गएका थिए।
कम्बोडियाको कार्यक्रम सकेर स्वदेश फर्किँदा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू स्वागत गर्न पुगेका थिए।
                            प्रकाशित: ९ साउन  २०८० ६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

