ओली कम्बोडिया भ्रमणमा, पार्टी कार्यवाहक अध्यक्षको जिम्मा पोखरेल र नेम्वाङलाई

हिमाल प्रेस ३ साउन २०८० ८:२३ | Wednesday, July 19, 2023
ओली कम्बोडिया भ्रमणमा, पार्टी कार्यवाहक अध्यक्षको जिम्मा पोखरेल र नेम्वाङलाई

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा ओली बुधबार राति त्यसतर्फ लागेका हुन्।

विदेश भ्रमणमा निस्किनुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन्। यस्तै एमाले संसदीय दलको नेताको जिम्मेवारी पोखरेल र उपनेताको जिम्मेवारी नेम्वाङले पाएका छन्।

पूर्वप्रधानन्त्रीसमेत रहेका ओलीसहित पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य भ्रमण दलमा सहभागी रहेको ओलीको सचिवालयले जानकारी दिएको छ।

भ्रमण टोली साउन ८ गते स्वदेश फर्कने कार्यसूची छ।

प्रकाशित: ३ साउन २०८० ८:२३ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast