काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा ओली बुधबार राति त्यसतर्फ लागेका हुन्।
विदेश भ्रमणमा निस्किनुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन्। यस्तै एमाले संसदीय दलको नेताको जिम्मेवारी पोखरेल र उपनेताको जिम्मेवारी नेम्वाङले पाएका छन्।
पूर्वप्रधानन्त्रीसमेत रहेका ओलीसहित पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य भ्रमण दलमा सहभागी रहेको ओलीको सचिवालयले जानकारी दिएको छ।
भ्रमण टोली साउन ८ गते स्वदेश फर्कने कार्यसूची छ।
                            प्रकाशित: ३ साउन  २०८० ८:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

