एसीसी इमर्जिङ टिम्समा आरिफको ठाउँमा पवन

हिमाल प्रेस २५ असार २०८० ९:५० | Monday, July 10, 2023
एसीसी इमर्जिङ टिम्समा आरिफको ठाउँमा पवन

काठमाडौँ- श्रीलंकामा यही जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपाली टोलीमा समावेश गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान पवन सर्राफलाई टिममा राखिएको जनाएको छ।

क्यानले आरिफ शेखको स्थानमा पवनलाई टिममा राखिएको जनाएको छ ।

आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिए ।

यसअघि नै क्यानले अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी२० क्यानडा लिग खेल्न जाने भएकोले टिममा राखिएको छैन।

प्रकाशित: २५ असार २०८० ९:५० | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast