एसईईमा ३.६ जीपीए ल्याउने विद्यार्थीलाई रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति

हिमाल प्रेस १० साउन २०८० २०:५६ | Wednesday, July 26, 2023
एसईईमा ३.६ जीपीए ल्याउने विद्यार्थीलाई रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति

मकवानपुर- रिद्धिसिद्धि सिमेन्टले मकवानपुरमा छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘मकवानपूर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम गरेको हो।

कम्पनीले यसवर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरलाई लक्षित गर्दै उक्त कार्यक्रम ल्याएको बताएको छ। २०७९ मा परिक्षा दिएका मकवानपुर जिल्ला भित्रका विद्यार्थीले एसईई परीक्षामा ३.६ जीपीएभन्दा बढी ल्याएमा छात्रवृत्ति उपलब्ध गराउने कम्पनीको भनाइ छ।

पहिलो हुने विद्यार्थीलाई मासिक ५ हजार रुपैयाँ, दोस्रो हुने विद्यार्थीलाई मासिक ३ हजार ५ सय रुपैयाँ र तेस्रो हुने विद्यार्थीलाई २ हजार ५ सय रुपैयाँ मासिक दिइने कम्पनीले जानकारी दिएको छ।
आठ जना विद्यार्थीलाई शान्त्वनास्वरूप मासिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १० साउन २०८० २०:५६ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast