 
                             
                                            काठमाडौँ- एसईईको परीक्षाफलमा न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) का १.६ प्राप्त गरेका विद्यार्थीहरू मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो।
बोर्डको बागमती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोहीअनुसार भर्ना गर्न र गराउन भनेको छ।
                            प्रकाशित: २४ असार  २०८० १९:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 