फाइल तस्बिर
                                            काठमाडौँ– शनिबार (आज) नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा समसमायिक राजनीतिक घटनाक्रम र पार्टीको भूमिकाबारे छलफल हुने बताइएको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमबारे छलफल गर्ने साथै पार्टीको आन्तरिक संगठनका निमार्णबारे समीक्षा गर्ने तयारी रहेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग बुधबार सामूहिक छलफल गरेर पार्टीको गतिविधि र कामकारबाहीबारे जानकारी लिएका थिए।
उक्त छलफलपछि आज सचिवालय बैठक बस्न लागेको हो।
महासचिव शंकर पोखरेको नेतृत्वमा शुक्रबार बसेको सचिवहरूसँगको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको छ।
                            प्रकाशित: ३० असार  २०८० ८:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

