एमालेले स्रस्टासँग खीर खाने

हिमाल प्रेस १५ साउन २०८० १२:५५ | Monday, July 31, 2023
एमालेले स्रस्टासँग खीर खाने

काठमाडौँ- नेकपा एमालेले आज स्रष्टासँग खीर दिवस मनाउने भएको छ ।

साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ का अवसरमा एमालेले आज दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालयमा स्रष्टासँग खीर दिवस मनाउने भएको हो।

सो अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। खीर खाने कार्यक्रममा पार्टीका अन्य नेताहरु पनि सहभागी हुने सचिव अधिकारीले बताए।

वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

प्रकाशित: १५ साउन २०८० १२:५५ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast