एमालेले संसद् बैठक अवरोध हटाउने

हिमाल प्रेस २५ असार २०८० १४:४२ | Monday, July 10, 2023
एमालेले संसद् बैठक अवरोध हटाउने

काठमाडौँ- संसद्को अवरोध हटाउन नेकपा एमाले सकारात्मक बनेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको हो।

बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसद्मा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए। प्रधानमन्त्री सचिवालयका अनुसार प्रचण्ड संसद् बैठक आइसकेका छन्।

संसद् बैठकअघि एमालेको संसदीय दलको बैठक पनि संसद् भवनमै बस्दैछ।

प्रकाशित: २५ असार २०८० १४:४२ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast