काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रतिनिधिसभाका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन्।
उनले आफूहरूलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको तर लेन्डुप दोर्जेको दोस्रो संस्कारण नचाहिएको बताएका हुन्।
उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे। एमाले, रास्वपा र राप्रपाको विरोधपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि स्थगित गरेका छन्।


प्रकाशित: २० असार २०८० १६:१३ | Wednesday, July 5, 2023
प्रतिक्रिया





