एमालेले अवरोध गर्ने भएपछि प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस १५ साउन २०८० १५:१३ | Monday, July 31, 2023
एमालेले अवरोध गर्ने भएपछि प्रतिनिधिसभा बैठक स्थगित फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको आज (सोमबार) बस्ने भनिएको बैठक स्थगित भएको छ। सूचना टाँस गरेर प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाइएको छ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सदन सञ्चालनका सन्दर्भमा ‘सहमति’ जुट्न नसक्दा स्थगित गरिएको जनाइएको छ।

१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको थियो। यसअघि साउन १० गतेको प्रतिनिधि सभा बैठक एमालेकै अवरोधका कारण स्थगित भएको थियो।

प्रकाशित: १५ साउन २०८० १५:१३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast