एमालेको संसदीय दलको बैठक बस्दै, संसद् अवरोध गर्ने तयारी

हिमाल प्रेस १० साउन २०८० ११:४७ | Wednesday, July 26, 2023
एमालेको संसदीय दलको बैठक बस्दै, संसद् अवरोध गर्ने तयारी

काठमाडौँ- सुन काण्डलाई लिएर संसद् अवरुद्ध गर्ने तयारीमा रहेको नेकपा एमालेको संसदीय बैठक बस्दैछ।

मध्याह्न १२ बजे संसदीय दलको बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्बाङले हिमाल प्रेसलाई जानकारी दिए। नेम्बाङका अनुसार संसद् भवनमा बैठक बस्नेछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। नेम्बाङले आजको बैठकमा गृहमन्त्री र अर्थमन्त्रीबाट जवाफ माग्ने तयारी रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सय किलो सुन काण्डमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।

 

प्रकाशित: १० साउन २०८० ११:४७ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast