एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित, आइतबार पुन: बस्‍ने

हिमाल प्रेस २२ असार २०८० १३:२७ | Friday, July 7, 2023
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित, आइतबार पुन: बस्‍ने फाइल तस्बिर।

काठमाडौँ– शुक्रबार (आज) बसेको राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा एमाले सांसद्हरूले बैठक अवरुद्ध गरेका हुन्।

एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आजको बैठक आइतबार (२४ असार)सम्मका लागि स्थगित भएको जानकारी दिए। आइतबार बस्ने बैठकमा विनियोजित बजेटमाथिको छलफल हुने छ।

सो विधेयकमाथि मन्त्रीहरूले जवाफ दिनका लागि असार २५ र २६ गतेका लागि कार्यसूची तय भएको पनि उनले बताए।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक-पटक दिल्ली धाएको अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्दै आएको छ।

प्रकाशित: २२ असार २०८० १३:२७ | Friday, July 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast