एनआईसी एशिया बैंकले अनलाइनबाटै २ लाख रुपैयाँसम्म कर्जा दिने

हिमाल प्रेस ३ साउन २०८० १६:१५ | Wednesday, July 19, 2023
एनआईसी एशिया बैंकले अनलाइनबाटै २ लाख रुपैयाँसम्म कर्जा दिने

काठमाडौँ- एनआईसी एशिया बैंकले अनलाइनबाटै २ लाख रुपैयाँसम्म कर्जा दिने भएको छ। बैंकले ‘मुद्दती खाता’मा आधारित कर्जा सुविधा ल्याएको हो। सो याेजनामा ग्राहकले मोबाइल बैंकिङ तथा बैंकको वेबसाइटमार्फत कर्जा लिन सक्नेछन्।

बैंकले मुद्दती खातामा जम्मा रहेको रकमको ९० प्रतिशतसम्म वा २ लाख रुपैयाँसम्म कर्जा तुरुन्तै दिइने जानकारी दिएको छ। उक्त कर्जा लिन ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटको ‘अप्लाइ फर लोन अग्निस्ट एफडी’मा गएर प्रक्रिया अगाडि बढाउनुपर्नेछ।

न्यूनतम ५ हजार रुपैयाँ कर्जा सीमा तोकिएको बैंकको भनाइ छ। कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूबारे कर्जा लिने प्रक्रियाकै क्रममा जानकारी गराइने बैंकले बताएको छ। बैंकले मुलुकभर तीन सय ६० शाखा, पाँच सय १९ एटीएम, एक सय ११ वटा विस्तारित काउण्टर तथा ६५ वटा शाखा रहितशाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: ३ साउन २०८० १६:१५ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast