एनआईसी एशियाको ‘अडियो अलर्ट डिभाइस’ सार्वजनिक

हिमाल प्रेस १२ साउन २०८० १४:४४ | Friday, July 28, 2023
एनआईसी एशियाको ‘अडियो अलर्ट डिभाइस’ सार्वजनिक

काठमाडौँ- एनआईसी एशिया बैंकले ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ। योसँगै क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुनेछ।

यसका साथै एसएमएस वा इमेल अलर्टको व्यवस्था पनि रहेको बैंकले जानकारी दिएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याइएको यस डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ।

छिट्टै अन्य नेटवर्कबाट भुक्तानी गर्दासमेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिएको एनआईसी एशियाको भनाइ छ।

प्रकाशित: १२ साउन २०८० १४:४४ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast