एक वर्षमा सीआईबीले पक्राउ गर्‍यो १२५ जना, ४३ मुद्दा दर्ता

हिमाल प्रेस ५ साउन २०८० २१:४५ | Friday, July 21, 2023
एक वर्षमा सीआईबीले पक्राउ गर्‍यो १२५ जना, ४३ मुद्दा दर्ता

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका १२५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए। सीआईबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ। जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, संगठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सीआईबीले जनाएको छ।

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दूरसञ्चार हानिसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक-एक वटा मुद्दा दर्ता भएको जनाइएको छ। आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ।

यस्तै लिखत/ठगी/वैदेशिक रोजगार/नागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ। वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेसन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ।

मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी ३० करोड ६ लाख जरिवाना असुल र एक सय २९ वर्ष कैद सजाय फर्स्योटका लागि अदालतमा पठाइएको छ। रासस

प्रकाशित: ५ साउन २०८० २१:४५ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast