एकीकृत समाजवादी सचिवालय बैठक : धारणा राख्ने क्रम नसकिँदा लम्बिएकाे लम्बियै

हिमाल प्रेस ३ साउन २०८० ९:३२ | Wednesday, July 19, 2023
एकीकृत समाजवादी सचिवालय बैठक : धारणा राख्ने क्रम नसकिँदा लम्बिएकाे लम्बियै फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारसम्म लम्बिएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि जारी बैठक मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो।

जारी बैठकमा अधिकांश नेताहरूले आफ्नो धारणा राखिसकेका छन्।

नेताहरूले समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा केन्द्रित रहेर आफ्नो धारणा राखेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

समाजवादीले आउँदो फागुनमा महाधिवेशनको तयारी थालेको छ। महाधिवेशनको तयारीका कारण पनि बैठक लम्बिएको प्रवक्ता खतिवडाले जानकारी दिए।
प्रत्येक सचिवालय सदस्यलाई बोल्ने समय उपलब्ध गराउँदा बैठक लम्बिएको हो।

मंगलबारको बैठकमा सम्मानित नेता झलनाथ खनालले आफ्नो धारणा राखेका थिए। खनालले ५ घन्टा  विचार राख्दा समय लम्बिएको हो।

मन्तब्यमा समय निर्धारण नभएकाले समय लम्बिरहेको सचिवालय सदस्यहरूले जनाएका छन्। सचिवालय सदस्यहरूले राखेको धारणाको जवाफ दिएर अध्यक्ष माधवकुमार नेपालले बैठकको समापन गर्न कार्यसूची छ।

प्रकाशित: ३ साउन २०८० ९:३२ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast