उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको भूकम्प प्रभावित क्षेत्र अवलोकन

हिमाल प्रेस १६ असार २०८० १३:२४ | Saturday, July 1, 2023
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको भूकम्प प्रभावित क्षेत्र अवलोकन

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको सिचुवान प्रान्तस्थित भूकम्पपछि पुनःनिर्माण गरिएको वान चोन काउन्टीको अवलोकन गरेका छन्।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे।

सिचुवान प्रान्तमा सन् २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो। चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ। सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो। भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि रूपमा वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन्।

प्रकाशित: १६ असार २०८० १३:२४ | Saturday, July 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast