अझै उठेन काठमाडौँको फोहोर

हिमाल प्रेस ४ साउन २०८० २०:०५ | Thursday, July 20, 2023
अझै उठेन काठमाडौँको फोहोर फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म फोहोर उठ्न नसक्ने महानगरपालिकाले बताएको छ। महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको बताए। ‘यही साउन १ गतेदेखि महानगरपालिकाको फोहोर उठेको छैन। अझै चारपाँच दिनसम्म उठ्ने सम्भावना छैन,’ उनले भने, ‘कि मान्छे हटाऊ, कि फोहोर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग भएकाले विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो।’

फोहोर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। ‘स्थानीय बासिन्दाले फोहोरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन्। महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ,’ उनले भने।

राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबेँसी नगरपालिकाका-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए। स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन संघीय सरकारले गर्नुपर्ने उनको भनाइ छ। यस सम्बन्धमा काठमाडौँमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझ ल्याई सहमति गर्नुपर्ने उनले बताए। रासस

प्रकाशित: ४ साउन २०८० २०:०५ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast