‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ शाइन रेसुंगालाई

हिमाल प्रेस २६ असार २०८० १६:५३ | Tuesday, July 11, 2023
‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ शाइन रेसुंगालाई

काठमाडौँ- शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२२’ पाएको छ। बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा बैंकले अवार्ड पाएको हो।

इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएका थिए।

अवार्डका लागि इन्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो। जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन सूचकमा सन्तोषजनक रहेको थियो।

त्यस्तै कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायत सूचकहरूमा उत्कृष्ट भएको बैंकको भनाइ छ।

अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त प्राइस वाटर हाउस कुप (पीडब्लुसी) रहेको थियो। पीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ।

उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो। बैंकका ब्रान्डिङ हेड प्रभास राईले अवार्ड ग्रहण गरेका थिए।

प्रकाशित: २६ असार २०८० १६:५३ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast