 
                             
                                            चितवन– चितवनको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्र उप्रेतीले ६१ घरपरिवारलाई स्वास्थ्य बिमा गरिदिएका छन्।
आर्थिक वर्ष ०७९/८० मा आफूले पाउने पारिश्रमकबापतको सेवासुविधबाट विपन्न नागरिकलाई स्वास्थ्य बिमा गरिदिएका हुन्।
गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गत बिमा बोर्डलाई उनले शु्क्रबार २ लाख १३ हजार ५ सयको ‘चेक’ हस्तान्तरण गरेका हुन्।
सो अवसरमा उनले निर्वाचनका समयमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवासुविधाबाट विपन्न नागरिकलाई स्वास्थ्य बिमा गरिदिएको बताए।
‘स्वास्थ्य बिमा गर्न नसक्दा यहाँका विपन्न नागरिक सामान्य बिरामी हुँदासमेत चन्दा माग्दै हिँड्नुपर्ने बाध्यता छ, मैले निर्वाचनकै बेला सेवासुविधा नलिने घोषणा गरेको थिएँ, सोहीअनुसार आज विपन्न परिवारलाई स्वास्थ्य बिमा गरिदिएको छु,’ उनले भने।
गाउँपालिका अध्यक्ष दान गुरुङले गाउँपालिकाले १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने लक्ष्य रहेको जानकारी दिए।
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवालले जनप्रतिनिधिको हैसियतले गरिएको यो नमूना काम भएको जनाउँदै नागरिकसँग जोडिने काम गरेकामा धन्यवाद दिए।
जनताको चाहना अनुसार काम गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 