इक्यान महाधिवेशन : विष्णुहरि समूहको उम्मेदवारी घोषणा

हिमाल प्रेस २६ असार २०८० १५:४९ | Tuesday, July 11, 2023
इक्यान महाधिवेशन : विष्णुहरि समूहको उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ।आगामी शनिबार (असार ३० गते) हुने महाधिवेशनका लागि पाण्डेले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन्।

पाण्डे नेतृत्वको समूहबाट उपाध्यक्षमा भूवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। त्यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी घाेषणा गरेका छन्।

त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने भएका छन्। कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन्।

प्यानलसहित उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानलाई गतिशील बनाउने योजना रहेकाे बताए। ‘इक्यानको व्यवस्थित कर्ययोजनासहित अघि बढेर परामर्श व्यवसायलाई थप मर्यादित बनाउनतर्फ लाग्ने छु,’ उनले भने, ‘अघिल्लो कार्यकाल पनि योजनावद्ध रूपमा काम अघि बढाएर समयसीमा भित्रै नेतृत्व हस्तान्तरण गरेको थिए। यस पटक पनि हाम्रो टिमले काम गरेर देखाउछ।’

इक्यनमा नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि चार जनाले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। विष्णुहरि पाण्डे र शेषराज भट्टराई नेतृत्वको दुईवटा प्यानल छन् भने वर्तमान कार्यसमितिका उपाध्यक्ष देवीदास भट्टराई र कृष्णहरि केसीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित: २६ असार २०८० १५:४९ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast