आ-आफ्नो पसल छोडेर कम्युनिस्टहरू एक ठाउँ आउनुपर्छ : माधव नेपाल

हिमाल प्रेस ७ साउन २०८० ११:२६ | Sunday, July 23, 2023
आ-आफ्नो पसल छोडेर कम्युनिस्टहरू एक ठाउँ आउनुपर्छ : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउनुपर्ने बताएका छन्।

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति केन्द्रमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कम्यनिस्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको उनको भनाइ छ।

विचार र सिद्धान्त मिल्न सक्ने, देश, जनता र संविधानको सर्वोपरि हेरर काम गर्नसक्ने चरित्र भएका कम्युनिस्टहरू एक्ला-एक्लै पसल खोलेर होइन एउटै पार्टी बनाएर संगठित रूपमा काम गर्ने बेला आएको उनले उल्लेख गरे।

कम्युनिस्ट शक्तिहरू जति धेरै मिल्न सक्यो, जनताबाट त्यति ने धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित भइन्छ त्यत्ति धेरै शक्ति क्षय हुने उनले बताए।

‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभएको छ, यो राम्रो कुरा हो। सबै कम्युनिस्टहरूले आ-आफ्नै पाराले पसल चलाइरहेका छन्। कम्युनिस्टहरू अब एक्ला-एक्लै होइन एकताबद्ध भएर संगठित रूपमा काम गर्ने बेला आएको छ,’ नेपालले भने।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी अघि लान आफू तयार रहेको पनि उनले जनाए।

कार्यक्रममा बोल्दै उनले नेपालको तत्कालीन समयमा कम्युनिस्ट पार्टी निर्माण गर्दै जनतामा मुक्तिको चेतना फैलाउनमा पुष्पलालको ठूलो योगदान रहेको भन्दै पुष्पलालको स्मरण र प्रसंशा गरे।

प्रकाशित: ७ साउन २०८० ११:२६ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast