आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ११ साउन २०८० १३:५८ | Thursday, July 27, 2023
आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढंगले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररूपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ंगले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन्।

मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिइन्।

उनले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्यांक विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गरिन्।

‘कतिपय अवस्थामा तथ्यांकको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पोटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ।’

 

प्रकाशित: ११ साउन २०८० १३:५८ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast