आफ्नै छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

हिमाल प्रेस १२ साउन २०८० १९:४५ | Friday, July 28, 2023
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

धादिङ- मजदुरीको सिलसिलामा धादिङ आएका बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङका एक पुरुष पक्राउ परेका छन्।

धादिङको धुनिवेशी नगरपालिका-१, जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए। त्यसैक्रममा १७ वर्षीय छोरीलाई पटकपटक जबरजस्ती करणी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

जबरजस्ती करणीबाट नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ। धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो।

घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज (शुक्रबार) तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८० १९:४५ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast