काठमाडौँ- शैक्षिक सुधारको माग राख्दै अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा हस्ताक्षर अभियान सुरु गरेका छन्।
सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए। आन्दोलन स्वरूप हस्ताक्षर अभियान सुरु भएको हो।
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, तत्काल शिक्षा ऐन सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने मागसहित दुई संगठन आन्दोलित हुने भएका हुन्।
नेपाल कमर्स क्याम्पसका विद्यार्थीद्वारा हस्ताक्षर गरेर देशव्यापी रूपमा हुने हस्ताक्षर अभियान को उद्घाटन भएको अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवले जानकारी दिए। ‘यो महिनासम्म हामीले देशभरी हस्ताक्षर अभियान चलाउने छौं र हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री लाई बुझाउने छौँ।’ प्रवक्ता यादवले भने।
साथै २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत् अन्तर्क्रिया कार्यक्रम तय भएको छ।




