आन्दोलनको नाममा तालाबन्दी नगर्ने कोटेश्वर क्याम्पसका विद्यार्थी संगठनको घोषणा

हिमाल प्रेस २९ असार २०८० १६:४५ | Friday, July 14, 2023
आन्दोलनको नाममा  तालाबन्दी नगर्ने कोटेश्वर क्याम्पसका विद्यार्थी संगठनको घोषणा

काठमाडौँ– कोटेश्वर बहुमुखी क्याम्पसमा सम्पूर्ण विद्यार्थी संगठनले कुनैपनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी सधैका लागि अन्त्य भएको घोषणा गरेका छन्। पाँचवटा विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग छलफल गर्ने बताउँदै उनीहरूले तालाबन्दी जस्ता गतिविधि नगर्ने घोषणा गरेका छन्।

शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थी संगठनले विरोधका कार्यक्रम गर्दा अन्य विकल्प खोज्नुपर्ने विज्ञप्तिमार्फत जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ,‘शिक्षा प्राप्त गर्नु विद्यार्थीको अनिवार्य निसर्त मौलिक अधिकार हो। शैक्षिक संस्था शिक्षा प्रदान गर्ने ज्ञानको मन्दिर रहेकोले शैक्षिक क्षेत्र ज्ञान आर्जनको शान्त तपोभूमि भएको कुरालाई स्वीकार गर्दै आज उप्रान्त यस शैक्षिक मन्दिर कोटेश्वर बहुमुखी क्याम्पसलाई ज्ञानआर्जनको शान्त तपोभूमि बनाउन अग्रसर हुने र सम्पूर्ण विद्यार्थीसंगठनहरूले त्यस्ता कार्यहरूलाई साथ नदिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं।’

प्रकाशित: २९ असार २०८० १६:४५ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast