फाइल तस्बिर। हिमाल प्रेस
काठमाडौँ– आइतबार (आज) कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
राति भने बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी र मधेश प्रदेशमा भने चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: १७ असार २०८० ६:२५
प्रतिक्रिया



