आजको मौसम : लुम्बिनी प्रदेश र तराईका जिल्लामा हावाहुरीसहित वर्षा हुने

हिमाल प्रेस २७ असार २०८० ६:२६ | Wednesday, July 12, 2023
आजको मौसम : लुम्बिनी प्रदेश र तराईका जिल्लामा हावाहुरीसहित वर्षा हुने फाइल तस्बिर

काठमाडौँ– बुधबार (आज) देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मनसुनी वायुको प्रभावका कारण मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

मधेश प्रदेशका अधिकांश जिल्ला र लुम्बिनी प्रदेशमा तराईका केही स्थानमा हावा-हुरीसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

प्रकाशित: २७ असार २०८० ६:२६ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast