आजको मौसम : बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

हिमाल प्रेस ३१ असार २०८० ६:२४ | Sunday, July 16, 2023
आजको मौसम : बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने फाइल तस्बिर

काठमाडौँ– हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

यस्तै मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्तै कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने मधेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

प्रकाशित: ३१ असार २०८० ६:२४ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast