अहिलेकै अवस्थामा कांग्रेसको सदस्यता थपिँदैन : अर्जुननरसिंह केसी

हिमाल प्रेस ७ साउन २०८० १३:२१ | Sunday, July 23, 2023
अहिलेकै अवस्थामा कांग्रेसको सदस्यता थपिँदैन : अर्जुननरसिंह केसी

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ वैचारिक आन्दोलनमा नलागेसम्म सदस्यता वृद्धि नहुने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यातालिकामा घरघरमा पुग्ने भनेर मात्रै नहुने बताए।

‘जबसम्म हामी वैचारिक रुपमा नयाँ आन्दोलन लिएर जनताका बीचमा जान सक्दैनौँ। जबसम्म प्रवृत्तिगत रुपले परिवर्तन हामी गर्न सक्दैनौँ। हाम्रा सोचाइ जनमुखी रुपले लिएर जान सक्दैनौँ,’ उनले भने, ‘त्यतिबेलासम्म गाउँगाउँ घरघरमा पुगेर त्यसले पर्याप्त रुपबाट योगदान दिन्छ भन्ने मलाई लाग्दैन।’

अहिलेका राष्ट्रिय समस्या गरिबी, बेरोजगारी, किसानले मल नपाएको, लम्पी स्किनका कारण क्षति भएको विषयमा स्पष्ट दृष्टिकोण लिएर जनतामाझ जानुपर्ने उनले बताए।

‘आदिवासी, जनजाति युवा महिला सशक्तीकरणदेखि मधेससम्मका महत्वपूर्ण समस्यामा निश्चित दृष्टिकोण नलिइकन घरघरमा मात्रै पुगेर पुरानो सदस्यलाई कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्छ,’ केसीले भने,’नयाँ सात लाख भन्ने विश्वास गर्दिनँ। सम्पूर्ण रुपबाट रुपान्तरण गर्नुपर्छ।’

उनले गल्ती स्वीकार गरेर जानुपर्ने पनि बताए। उनले बैठक फेसबुक लाइभ सुरु गरेकोमा धन्यवाद दिए। भ्रष्टाचार विरोधको अभियानलाई सशक्त रुपमा नलगे अर्कोपटक पार्टी बढारिने उनले बताए।

पात्र परिवर्तन होइन, प्रवृत्ति परिवर्तनको आवश्यकता रहेको उनको भनाइ छ। सभापतिलाई नै संस्था मान्न नहुने बताउँदै उनले सभापति विधि र प्रकृयामा रहनुपर्ने धारणा राखे।

प्रकाशित: ७ साउन २०८० १३:२१ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast