अवैध सामान बरामद

हिमाल प्रेस ६ साउन २०८० ९:३८ | Saturday, July 22, 2023
अवैध सामान बरामद

पर्सा- पर्साको वीरगन्‍ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट सशस्त्र प्रहरीले करिब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीको सामान बरामद गरेको छ।

भारतबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडा, मोबाइल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो।

बरामद सामान भन्सार कार्यालय वीरगन्‍जमा बुझाइएको छ। सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करिब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको
सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो।

यसैगरी सुुनसरीको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बीओपी श्रीपुर र राजश्व अनुुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौँतर्फ आउँदै गरेको उल्लेखित ट्रकहरमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुईवटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।

 

प्रकाशित: ६ साउन २०८० ९:३८ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast