अवैध निकासी गर्न लागिएको १३४ कार्टुन स्याउसहितको ट्रक नियन्त्रणमा

हिमाल प्रेस ११ साउन २०८० १८:३० | Thursday, July 27, 2023
अवैध निकासी गर्न लागिएको १३४ कार्टुन स्याउसहितको ट्रक नियन्त्रणमा

सिरहा- सिरहाको नवराजपुर गाउँपालिका-५, देवनगर र झाँझपट्टिको सीमाबाट बुधबार राति सशस्त्र प्रहरी बलले अवैध रूपमा भारत निकासी गर्न लागेको १३४ कार्टुन स्याउसहित एउटा मिनी्ट्रक नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको स १ ख ६०० नम्बरको स्याउसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बीओपी नवराजपुर र सुरक्षा बेस सुखीपुरले संयुक्त रूपमा नियन्त्रणमा लिएको हो।

ट्रकका चालक सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद स्याउ तथा ट्रकको ३० लाख ३६ हजार मूल्य कायम गरी आवश्यक कारबाहीका लागि ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाइएको छ।

प्रकाशित: ११ साउन २०८० १८:३० | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast