अवरोध हटाउँदै बन्चरेडाँडा पुगे फाेहोर बोकेका ट्रक

हिमाल प्रेस ५ साउन २०८० १६:४८ | Friday, July 21, 2023
अवरोध हटाउँदै बन्चरेडाँडा पुगे फाेहोर बोकेका ट्रक फाइल तस्बिर

काठमाडौँ– स्थानीयको अवरोध हटाउँदै काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा पुर्‍याइएको छ। प्रहरीको स्कटिङमार्फत काठमाडौँको फोहोर बिसर्जन स्थान सवारी बन्चरेडाँडा पुर्‍याइएको हो।

स्थानीयले फोहोर उठाउने स्थान उपलब्ध नगराउने भनेपछि उपत्यकाको फोहोर ५ दिनसम्म उठेको थिएन।

प्रहरीले बल प्रयोग गर्ने बताएपछि शुक्रबार अपराह्न ४ बजेपछि फोहोर बोकेका दर्जनौँ गाडी बञ्चरेडाँडातर्फ गएका थिए। फोहोर लैजाने क्रममा प्रहरी र स्थानीयबीच फडप भएको थियो। ‍

तर बाक्लो संख्यामा उपस्थित प्रहरीले अवरोध हटाएका थिए।

विगतका सहमति कार्यान्वयनको माग राख्दै स्थानीयले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर फाल्न स्थानीयले अवरोध गरेका थिए।

काठमाडौँका सडकमा फोहर थुप्रिएपछि प्रहरीसँगको समन्वयमा राजधानीको फोहोर विसर्जन सुरु भएको हो।

 

प्रकाशित: ५ साउन २०८० १६:४८ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast