‘अब उठ जनता’ गीत सार्वजनिक

हिमाल प्रेस २५ असार २०८० १२:२४ | Monday, July 10, 2023
‘अब उठ जनता’ गीत सार्वजनिक

काठमाडौँ- सुरज पण्डित, कर्ण विद्रोही, प्रतिमा केसी र शारदा लिम्बूको स्वरमा ‘अब उठ जनता’बोलको गीत सार्वजनिक भएको छ।

गीत गायक सुरजकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रतिमा अधिकारी (उर्जा)को शब्द रहेको गीतमा गायक सुरजले संगीत भरेका छन्। गीतमा केशव बडुको संगीत संयोजन छ।

गीत आचार्य गोपालको निर्देशन, प्रशान्त योगीको छायांकन र दिवस धितालको सम्पादनमा बनेको छ। गीतको भिडियोमा सीमाना विवाद, नेपाली भूमि भारतले मिचेको प्रसंग, सहकारी पीडितको आवाजलाई उठाउन खोजिएको छ।

गीतमा देशमा भइरहेको भष्टाचार र सामाजिक व्यथितिविरुद्ध सबै जनतालाई एकजुट हुन आग्रह गरिएको छ। गायक सुरजका यसअघिका ‘रेलको बाटो’, ‘रेलको बाटो २ सिंहदरबार’, ‘मिरा’लगायत गीत निकै चर्चित छ।

प्रकाशित: २५ असार २०८० १२:२४ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast