अपराध नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले १२ ठाउँमा जोड्यो सीसीटीभी

हिमाल प्रेस १८ असार २०८० १२:२५ | Monday, July 3, 2023
अपराध नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिकाले १२ ठाउँमा जोड्यो सीसीटीभी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सीसीटीभी‍ क्यामेरा जडान गरेको छ। अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सीसीटीभी‍ क्यामेरा जडान गरेको हो।

नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सीसीटीभी‍ क्यामेरा जडान गरिएको छ।

बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।

उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ।

कलुवापुर बजार क्षेत्रमा २, झलारी बजारमा २, प्रगति टोलमा २, शान्तिपथ रोडमा २, कलुवापुर वन क्षेत्रमा २, पूर्वपश्चिम राजमार्गको नयाँ प्रतिक्षालय नजिक २ गरी १२ सीसीटीभी‍ क्यामेरा जडान गरिएको छ।

‘सीसीटीभी‍ क्यामेरा जडानको कार्यले प्रहरीलाई अपराध अनुसन्धान गर्ने कार्यमा निकै सघाउ पुग्छ,’ उनले भने, ‘सीसीटीभी‍ क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय झलारीमा राखेका छौं।’

नगर क्षेत्रका अन्य सुरक्षाका र सवारी दुर्घटनाका दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रमा अगामी आवमा सीसीटीभी‍ क्यामेरा जडान गर्दै लैजाने योजना रहेको मेयर रण महराले बताए।

‘सीसीटीभी‍ क्यामेरा केही नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट परिचालन गरी जडान गर्छौं,’ उनले भने, ‘अपुग भएका ठाउमा दातृ निकाय, संघीय सरकार र प्रदेश सरकारसँग बजेट जुटाइ जडान कार्य हुन्छ, यसका लागि योजना बनाइएको छ।’

उनका अनुसार नगर क्षेत्रमा स्वचालित सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ। पूर्वपश्चिम राजमार्ग र वडाका महत्त्वपूर्ण स्थानमा सडक बत्ती जडान गरिएका छन्।

प्रकाशित: १८ असार २०८० १२:२५ | Monday, July 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast