अन्तरदेशीय विद्युतीय भुक्तानीमा प्राथमिकता (मौद्रिक नीतिको पूर्णपाठ)

हिमाल प्रेस ७ साउन २०८० १५:५४ | Sunday, July 23, 2023
अन्तरदेशीय विद्युतीय भुक्तानीमा प्राथमिकता (मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मूल्य र बाह्य क्षेत्रमा स्थायित्व कायम गरी अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति अवलम्बन गरिएको राष्ट्र बैंकले बताएको छ।

साथै वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा प्रवाह गरी आन्तरिक उत्पादन क्षमता बढाउन मौद्रिक नीतिले प्राथमिकता दिएकाे राष्ट्र बैंकले उल्लेख गरेको छ। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट वक्तव्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्नेगरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न प्राथमिकता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउन दबाब दिने नीति लिएको छ। सोअनुसार नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ। यसअघि नीतिगत दर ७ प्रतिशत रहेको थियो।

नीतिगत दर घटाउँदा राष्ट्र बैंकबाट बैंकहरूले लिने कर्जाको लागत कम पर्ने र लागत कम परे बैंकहरूले पनि कर्जा प्रवाह कम ब्याजदरमै गर्न दबाब पर्छ।

त्यस्तै विद्युतीय कारोबारलाई सरल, सुरक्षित एवं प्रभावकारी बनाउन भुक्तानी तथा फस्र्योटसम्बन्धी भौतिक पूर्वाधार, कानुनी तथा नियामकीय व्यवस्था गरिएको छ। त्यस्तै विद्युतीय भुक्तानी प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय गेटवेसँग आबद्ध गर्दै नवीनतम उपकरण र प्रविधिको प्रयोगलाई जोड दिइएको छ।

प्रकाशित: ७ साउन २०८० १५:५४ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast