काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)नेपाल ल क्याम्पस कमिटीको अध्यक्षमा कैलाश तामाङ निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा कैलाश तामाङले कुल खसेको ११४ मतमध्ये ६२ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी तुल्सी रोकायाले ५० मत प्राप्त गरे।
त्यसैगरि उपाध्यक्षमा सुरेश राई,सचिवमा रोहित ओझा, सहसचिवमा अमृत भण्डारी र सरोज कट्टेल निर्वाचित भएका छन्। कोषाध्यक्षमा भने जागृत आचार्य निर्वाचित भएका छन्।
अनेरास्ववियुल क्याम्पस कमिटीमा ५० सदस्यीय कमिटी गठन गरिएको निर्वाचन मण्डलका विशाल न्यौपानेले जानकारी दिए। सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
प्रकाशित: ३ साउन २०८० ९:४९ | Wednesday, July 19, 2023
प्रतिक्रिया



