अनल गौतमका दुइटा पुस्तक सँगै विमोचित

हिमाल प्रेस २५ असार २०८० १४:५६ | Monday, July 10, 2023
अनल गौतमका दुइटा पुस्तक सँगै विमोचित

काठमाडौँ- युवा साहित्यकार अनल गौतमले एकैपटक दुईवटा पुस्तक सार्वजनिक गरेका छन्। राजधानीमा एक साहित्यिक कार्यक्रम आयोजना गरी उनका उपन्यास ‘बार्दली’ तथा कथासंग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकैसाथ विमोचित गरिएका छन्।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायत व्यक्तित्वले ती पुस्तक लोकार्पण गरेका हुन्। कार्यक्रममा लेखक गौतमलाई बधाई दिँदै कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथासंग्रह निकै नै रोचक र समयसामयिक लागेको बताएका छन्।

कथासंग्रह ‘दाहिने हाते सिक्का र साइकल’को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गरे।

समालोचक डा. रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे। उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे।

२०३८ साल असार १७ हेटौँडा-५ मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ‘शुभ प्रभात’ हाइकुसंग्रहबाट साहित्यिक यात्रा थालेका हुन्। २०६६ सालमा कवितासंग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए।

२०७० मा प्रकाशित कथोपन्यास ‘घाट घाटका कथा’ले गौतमलाई साहित्यकारका रूपमा स्थापित ग¥यो। त्यही वर्ष उनले गीतिसंग्रह ‘सरसी’ पनि प्रकाशित गरेका थिए।

प्रकाशित: २५ असार २०८० १४:५६ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast