 फाइल तस्बिर। हिमाल प्रेस
                             फाइल तस्बिर। हिमाल प्रेस
                                            काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो।
मेयर प्रकाश अधिकारीका अनुसार टोखा-८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए।
‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौं,’ उनले भने। नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ।
                            प्रकाशित: ११ साउन  २०८० ९:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![कुखुरापालक भेषराजको गुनासो : किसानका समस्या सरकारले बुझ्दैबुझ्दैन  [भिडिओसहित]](https://himalpress.com/wp-content/uploads/2024/04/bhesharaj.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 