अध्यक्ष नेपाल इन्डोनेसियामा

हिमाल प्रेस ८ साउन २०८० १२:१६ | Monday, July 24, 2023
अध्यक्ष नेपाल इन्डोनेसियामा माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लागि इन्डोनेसिया पुगेका छन्। उनी त्रिदेशीय भ्रमणका लागि आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका थिए।

अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

कम्युनिस्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन्।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिंगापुर र मलेसिया जाने कार्यक्रम छ।

५ दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

प्रकाशित: ८ साउन २०८० १२:१६ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast