फाइल तस्बिर
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको बैठक सचिवालय बैठक आज सकिँदैछ। आजको बैठकमा वक्ताहरूले आफ्नो धारणा राख्ने र अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यसूची छ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले ‘वर्तमान परिस्थिति र आगामी कार्यभार लगायतका एजेण्डा’माथि आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ।
उपमहासचिव खतिवडाले भने, ‘वर्तमान परिस्थिति र आगामी कार्यभारमाथि १४ जना नेताले धारणा राखिसक्नु भएको छ। आज अध्यक्ष कमरेडले आफ्नो धारणा राख्नु हुन्छ। बैठक आज सम्पन्न गर्ने भनिएको छ। तर, छलफलले कतिको समय खान्छ। त्यसपछि मात्रै थाहा हुन्छ।’
पुष्पलाल स्मृति प्रतिष्ठानमा गत हप्ताको शुक्रबारदेखि सुरु भएको बैठक मंगलबार सकिने भनिए पनि बिहीबारसम्म लम्बिएको हो।
प्रकाशित: ४ साउन २०८० ९:३८ | Thursday, July 20, 2023
प्रतिक्रिया




