अदृश्य ट्रेलर : अपराधी खोज्दै प्रमोद अग्रहरि

हिमाल प्रेस ७ साउन २०८० १६:३८ | Sunday, July 23, 2023
अदृश्य ट्रेलर : अपराधी खोज्दै प्रमोद अग्रहरि

काठमाडौँ- साउन १९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा एक युवतीको बलात्कारपछि हत्या भएको देखाइएको छ। उक्त घटनाको दोषी पत्ता लगाउन कलाकार प्रमोद अग्रहरिले खेलेको भूमिका यसमा देख्न सकिन्छ।

पछिल्लो समय देशमा भइरहेको सामाजिक घटनालाई फिल्मको कथामा उतार्ने प्रयास निर्माण टिमले गरेकाे छ। अपराध जनरामा बनेको फिल्ममा प्रमोदसहित रिस्ता बस्नेत, शोहित मानन्धर, प्रवीण खतिवडा, छुल्ठिम डोल्मा गुरुङ, रवि गिरी, विकेश प्रजापती, गीत बिष्ट, सिएम भारद्धाज सुवेदी, सन्दीपबाबु लोहनी, रुपेश दाहाललगायत कलाकारको अभिनय छ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद रहेको फिल्म प्रल्हाद काफ्लेले निर्देशन गरेका हुन्। पिताम्बर फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका लगानीकर्ता मिना बस्नेत र उमारुद्रा काफ्ले हुन्।

फिल्म उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादन र विशाल पौडेलको संगीतमा बनेको हाे।

प्रकाशित: ७ साउन २०८० १६:३८ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast