ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा

हिमाल प्रेस १४ असार २०८० १६:१५
8
SHARES
ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो।

विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उदेश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए। ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरूले नयाँनयाँ कुरा सिक्न पाउने उनले बताए।

साथै कलेजको गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धतामा सहयोग पुर्‍याउन पनि ल्याब महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘कलेजले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘यस प्रकारका अत्याधुनिक ल्याबमार्फत विद्यार्थीहरूले डिजिटल युगका लागि आवश्यक पर्ने सीप र ज्ञानको अभिवृद्धि गर्ने मौका पाउनेछन्। साथै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिवद्धता पनि यो कामले पुष्टि गरेको छ।’

कार्यक्रममा फिन्टेक एसोसियसन अफ नेपालका अध्यक्ष सन्जिव सुब्बाले विद्यार्थीका लागि प्रत्यक्ष सीप र ज्ञान प्राप्त गर्ने ठूलो अवसर मिलेको बताए। ‘ब्रिटिस कलेजको आफ्नो पाठ्यक्रममा भीआर समावेशले उत्साहित बनाएको छ,’ उनले भने, ‘कलेजले नयाँ प्रविधिलाई यसरी अँगाल्नुले टेक्नोलोजी क्षेत्रमा ठूलो कदम चालेको प्रष्ट हुन्छ।’

भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरू जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लीकेसनलगायत समोवश छन्। त्यस्तै कलेजका उपप्रध्यापक डा. प्याट्रिक म्याक क्रुडडेनले ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीलाई अत्याधुनिक प्रविधिमार्फत अध्ययन गराइन्छ भन्ने प्रष्ट ल्याबले गरेको बताए।

 

प्रकाशित: १४ असार २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast