‘नमस्ते पे’ फोने पेमा आबद्ध

हिमाल प्रेस १३ असार २०८० २१:३०
4
SHARES
‘नमस्ते पे’ फोने पेमा आबद्ध

काठमाडौँ- भुक्तानी नेटवर्क फोन पेमा सरकारी स्वामित्वको भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’ पनि आबद्ध भएको छ। त्यसका लागि फोन पे र नमस्ते पेबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार अब नमस्ते पे क्यूआर नेटवर्कमा आबद्ध भइसकेकाले क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नमस्ते पे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोन पे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलै क्यूआर भुक्तानी गर्न सक्ने छन्।

सम्झौतापछि फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले फोन पे नेटवर्कमा नमस्ते पेलाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताए। ‘फोनपेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ,’ उनले भने, ‘अब नमस्ते पे प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्छन्।’ नमस्तेपे सँगको सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ थियो।

त्यस्तै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले फोन पे नेटवर्कमा आबद्ध भएसँगै १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिन पाउन खुसीको कुरा रहेको बताए। ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ,’ उनले भने, ‘हामी हाम्रा ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ।’

प्रकाशित: १३ असार २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =