ललिता निवास जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो

हिमाल प्रेस १२ असार २०८० १४:५६
160
SHARES
ललिता निवास जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौँ- बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मालपोत र भूमि सुधार तथा व्यवस्था विभागमा तत्कालीन अवस्थामा कार्यरत थप एक कर्मचारी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको हो।

प्रहरीले डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पनि पक्राउ गरेको छ।

यो प्रकरणमा प्रहरीले अनुसन्धानका लागि सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका हुन्। गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

प्रहरीले डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीलाई आजै पक्राउ गरिसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: १२ असार २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast