भैरहवा-हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

हिमाल प्रेस १२ असार २०८० १३:४२
18
SHARES
भैरहवा-हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवा–हङकङ रुटमा उडान गर्ने भएको छ।

गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रि विमानस्थल भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक-दुई दिनमै टुङ्गो लाग्छ। नयाँदिल्लीसहित अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ, उनले भने।

पौडेलका अनुसार १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान सुरु हुने गरी टिकट बुकिङ खुला गरिने छ।

निगमले हाल काठमाडौँबाट हङकङमा सातामा दुई उडान गर्दै आएको छ। त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ।

निगमले जेठ २९ गतेदेखि भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा उडान गरिरहेको छ। रासस

प्रकाशित: १२ असार २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =