ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

हिमाल प्रेस १२ असार २०८० १२:३१ | Tuesday, June 27, 2023
ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ भाटभटेनी सुपरमार्केटका सञ्चारक मीनबहादुर गुरुङ।

काठमाडौँ- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणमा नाम जोडिएपछि मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाट गुरुङलाई पक्राउ गरेको हो।

किर्ते गरेर ललिता निवासको जग्गामा गुरुङले भाटभटेनीको गोदाम घर बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ। गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ करोड २७ लाख रुपैयाँ बरबरको बिगो दाबी गरेको छ।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधिन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

सबै प्रतिवादीमाथि माग दाबी गरिएको कुल रकम २० अर्ब हाराहारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast