१४ अर्ब हिनामिनाको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ

हिमाल प्रेस १२ असार २०८० ११:२२ | Tuesday, June 27, 2023
१४ अर्ब हिनामिनाको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ

काठमाडौँ- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।

बचतकर्ताको करिब १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेपछि फरार रहेका शर्मा भारतमा पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई काठमाडौँ ल्याउँदैछ। प्रहरी उपरीक्षक नवराज अधिकारीले पत्रकार सम्मेलन गरेर घटनाबारे थप विवरण सार्वजनिक गर्ने जानकारी दिए।

शर्माले शिवशिखरसहित तुलसी सहकारी पनि खोलेका थिए। उनले दुवै सहकारीका बचतकर्ताको ठूलो रकम कानुनविपरीत आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको प्रहरीले जनाएको छ।

शिवशिखर सहकारीले देशका विभिन्न स्थानमा शाखा खोलेर वित्तीय सेवा दिइरहेको थियो।

राससको सहयोगमा

प्रकाशित: १२ असार २०८० ११:२२ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast