रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

हिमाल प्रेस १२ असार २०८० ११:२१ | Tuesday, June 27, 2023
रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध फाइल तस्बिर

काठमाडौँ–  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको मंगलबार बसेको बैठक अवरुद्ध गरेको छ। बैठक सुरु हुनेबित्तिकै रास्वपा सांसदहरूले आसनबाट उठेका थिए। रास्वपा सांसद सन्तोष परियारले जिल्लास्थित निर्वाचन आयोगलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्न नहुने पार्टीको सुझावलाई सरकारले अटेर गरेको आरोप लगाए।

उनले यस्ता कार्यबाट सरकारले लोकतन्त्रमाथि हमला गरिरहेकाले पार्टीको विमति बताए। उनले भने, ‘लोकतन्त्रमा निर्वाचन असाध्यै महत्त्वपूर्ण छ। भर्खरै हुर्कन लागेको लोकतन्त्रमाथि यसरी विभिन्न नियम र नीतिका आधारमा नियन्त्रण स्वीकार्य हुँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त मागप्रति एमालेले पनि सहमति जनाएको छ। एमाले सांसद सूर्य थापाले जिल्लास्थित निर्वाचन आयोग हटाउन नहुने विषयमा पटकपटक गम्भीर छलफल गरिए पनि सरकार संवेदनशील नभएको आरोप लगाए। उनले बजेट वक्तव्यमा रहेको उक्त प्रावधान खारेज नगरिएसम्म संसद् चल्न नदिने बताए।

प्रकाशित: १२ असार २०८० ११:२१ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast