झापाका दुई घटनामा तीनजनाको मृत्यु

हिमाल प्रेस १२ असार २०८० ९:३६
4
SHARES
झापाका दुई घटनामा तीनजनाको मृत्यु झापामा मंगलबार बिहान दुर्घटनाग्रस्त कार। तस्बिर : सामाजिक सञ्जाल

झापा– झापामा अलगअलग घटनामा मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका-२ स्थित चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। भद्रपुर नगरपालिका-७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए

यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी-९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१-०२-००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशामा गुडिरहेको प्र१-०१-००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ।
गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका-१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी-७ का ४० वर्षीया मुना साह घाइते भएका छन्। घाइतेको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: १२ असार २०८० ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast